बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालसामु जितका लागि २१० रनको लक्ष्य


    हुलाक प्रेस

    • बिहीबार , वैशाख २० २०८१०२:२४
    नेपालसामु जितका लागि २१० रनको लक्ष्य
    काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ । 
     
    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय ९ रनको योगफल बनायो । 
     
    वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५४ बल खेल्ने क्रममा नौ चौका र चार छक्का प्रहार गरे । यस्तै जोनसन चाल्र्सले ३० बलमा ६ छक्का र तीन चौकाको मद्दतमा ५८ रन बनाए । यसैगरी फाबियन एलनले अविजित ३३ रन बनाए । 
     
    बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #cricket
  • प्रतिक्रिया दिनुहोस