शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्रीद्वारा पत्रकार महासंघको २७औं अधिवेशन उद्घाटन


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख २१ २०८१११:३२
    प्रधानमन्त्रीद्वारा पत्रकार महासंघको २७औं अधिवेशन उद्घाटन

    काठमाडौं । नेपाल महासंघको २७औं अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन्।

    अधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् । यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासंघको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको छ ।

    महासंघको २७औं अधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट सुरु भई भृकुटीमण्डपस्थित अधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो ।

    प्रभातफेरीमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरूको सहभागिता थियो ।

    प्रभातफेरीमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाललगायत संघसंगठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।


    प्रतिक्रिया दिनुहोस