बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सरकारको नीति तथा कार्यक्रम ३० गते


    हुलाक प्रेस

    • बुधबार, वैशाख २६ २०८१०८:३१
    सरकारको नीति तथा कार्यक्रम ३० गते

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यहि महिना ल्याउने भएको छ । 

    नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम यही ३० गते ल्याउने सरकारले तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ । 

    संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट संसदबाट सार्वजनिक गर्नुपर्छ। त्यसअघि नीति तथा कार्यक्रम ल्याउने गरिएको छ । 

    संसदमा नीति तथा कार्यक्रम सरकारका तर्फबाट राष्ट्रपतिले प्रस्तुत गर्नेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारको नीति तथा कार्यक्रम वैशाख दोस्रो हप्ता नै संकलन गरिसकेको छ । कार्यालयले आगामी आवका लागि तय भएका सबै योजना तथा कार्यक्रम सबै सम्बन्धित निकायबाट संकलन गरेको थियो । सरकारले बजेट अधिवेशन २८ गतेदेखि बोलाइसकेको छ । 


    प्रतिक्रिया दिनुहोस