शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख २८ २०८११२:२५
    कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा

    काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेका रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा हुने भएको छ ।

    कार्कीले कोशीमा सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटको आज सुनुवाइ हुने भएको हो ।

    रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावक रेवतिरमण भन्डारी समर्थक किशोर चन्द्र दुलाल र गणेश उप्रेतीलाई विपक्षी बनाइएको छ ।

    कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस