काठमाडौं । सुनको मूल्य आज तोलामा दुई हजार तीन सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो ।
आज तोलामा २३ सय रुपैयाँ बढेर तोलाकाे रु एक लाख ३७ हजार नौ सयमा कारोबार भइरहेको छ । त्यसैगरी बिहीबार तेजाबी सुनकाे मूल्य प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ थियो । आज तेजाबी सुनको मूल्य एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा ५० रुपैयाँले बृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार छ सय ८५ मा कारोबार भएको चाँदी आज एक हजार सात सय ३५ रुपैयाँ निर्धारण भएको छ ।