बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रेशम चौधरीको रिट सपना प्रधान र बालकृष्ण ढकालको इजलासमा


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख २८ २०८११२:३६
    रेशम चौधरीको रिट सपना प्रधान र बालकृष्ण ढकालको इजलासमा

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई निर्वाचन आयोगले अध्यक्षको मान्यता नदिएको भनी दायर रिटमा सर्वोच्च अदालतले सुनुवाइ गरिरहेको छ ।

    आफूलाई नाउपाको अध्यक्षमा मान्यता नदिएपछि चौधरीले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको हो । 

    निर्वाचन आयोगको उक्त निर्णय बदर गरी आफैंलाई अध्यक्षमा मान्यता दिन रेशम चौधरीको माग छ । आयोगले भने रेशमकी पत्नी रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहेको भनि निर्णय गरिदिएको छ । 

    यसअघि सुनुवाइ गर्दै सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको थियो । रञ्जितासहितका विपक्षीले लिखित जवाफ बुझाइसकेका छन् । पार्टीको विवादका कारण रेशम र रञ्जिता पक्षमा विपक्षमा छन् । रञ्जिताविरुद्ध नाउपाको कैलाली जिल्लासहितले पनि सर्वोच्चमा रिट दायर गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस