शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख २८ २०८१०२:४३
    राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पाल राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत हुन् । 

    उनले सेवाग्राहीबाट एक लाख २० हजार रुपैयाँ घुस लिएको दाबी गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।

    बुटवलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले पाललाई यही वैशाख ५ गते सेवाग्राहीबाट एक लाख २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

    थप अनुसन्धानको सिलसिलामा पालले तटबन्धन निर्माण योजनामा पेस्की रकम निकासा, पहिलो रनिङ बिल भुक्तानी तथा योजनाको सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।
     


    प्रतिक्रिया दिनुहोस