काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसले उठाएको मागमा सकारात्मक बनेका छन् ।
कांग्रेसका नेताहरू महामन्त्री गगन थापा तथा प्रमुख सचेतक रमेश लेखकसँग आज बिहान भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले समस्याको समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् । कांग्रेसले लामो समयदेखि गृह मन्त्री रवि लामिछाने सहकारी अनियमिततामा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छ ।
सहकारी अनियमितता र नीति तथा कार्यक्रम लगायतको विषयमा काग्रेस महामन्त्री थापा र प्रमुख सचेत लेखकले प्रधानमन्त्रीसँग छलफल भएको थियो । कांग्रेसले उठाएको मागमा प्रधानमन्त्री दाहालले आफू संसदीय छानबिनका बनाउने विषयमा सकारात्मक रहेको बताउनुभएको प्रमुख सचेतक लेखकले जानकारी दिए ।
बैठकमा कांग्रेसले भने अहिले संसदीय दलको बैठक रहेको र बैठकमा प्रधानमन्त्रीको प्रतिबद्धताबारे छलफल गर्ने बताएको थियो ।