शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • कुख्यात मानव तस्कर बिच्छी इराकबाट पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, जेठ १ २०८११०:५६
    कुख्यात मानव तस्कर बिच्छी इराकबाट पक्राउ

    एजेन्सी । युरोपका एक कुख्यात मानव तस्कर स्कोर्पियन (बिच्छी) भनिने बार्जान मजिद इराकमा पक्राउ परेका छन् । 

    बीबीसी रिपोर्ट अनुसार उनले आफूले १ हजार वा १० हजार मानिसलाई अंग्रेजी च्यानल पार गरेँ भन्ने कुरा थाहा नभएको र आफूले नगनेको बताएका छन् । उनले सुरुमा आप्रवासीलाई बेलायतमा पुर्याउने गरेकोमा पछि टर्कीबाट युरोपका अन्य देशमा पनि मानव तस्करी गर्ने गरेका थिए । अहिले भने उनी इराकको कुर्दिस्तानमा मनि एक्सचेन्ज खोलेर बसिरहेको बीबीसीले जनाएको थियो ।

    उनलाई आइतबार बिहान इराकको कुर्दिस्तानबाट पक्राउ गरिएको जनाइएको छ । उनलाई आइतबार बिहान ७ बजे उनको घर बाहिर पक्राउ गरिएको कुर्दिस्तान सरकारका अधिकारीहरूले बताएका छन् । उनलाई कुनै असजिलो बिना नै पक्राउ गरिएको र उनीमाथि लगाउने अभियोग बारेमा युरोपेली प्रहरी र अभियोजकसँग कुरा भइरहेको ती अधिकारीले बताएका छन् । बेलायतको नेसनल क्राइम एजेन्सीले पनि उनी पक्राउ परेको पुष्टि गरेको छ । बीबीसी


    प्रतिक्रिया दिनुहोस