शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ सुरु


    हुलाक प्रेस

    • मंगलबार, जेठ १ २०८१११:४६
    सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ सुरु

    काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दाको सुनुवाइ सुरु गरेको छ । 

    बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर गर्न माग गर्दै सन्दीपले गरेको पुनरावेदन न्यायाधीशद्वय सुदर्शनदेव भट्ट अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ थालिएको हो । 

    यसअघि पाँचपटक पेसी तोकेर पनि सुनुवाइ हुन नसकेको सो मुद्दा आज पेसी सूचीको पहिलो नम्बरमै परेको हो । 
    गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ ।

    उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् । उता पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै सन्दीपलाई अझ बढी सजाय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ । 

    अदालतले दुवै पुनरावेदनलाई सँगै राखेर एकसाथ सुनुवाइ थालेको हो । 


    प्रतिक्रिया दिनुहोस