शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मुम्बईमा विशाल होर्डिङ बोर्ड खस्दा ८ जनाको मृत्यु, ६० घाइते


    हुलाक प्रेस

    • मंगलबार, जेठ १ २०८११२:०१
    मुम्बईमा विशाल होर्डिङ बोर्ड खस्दा ८ जनाको मृत्यु, ६० घाइते

    एजेन्सी । मुम्बईमा सोमबार आएको आँधी र वर्षाका क्रममा एउटा विशाल होर्डिङ खस्दा  भत्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा करिब ६० जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार घाटकोपर (इ) क्षेत्रको समता कोलोनीमा रहेको रेलवे पेट्रोल पम्पनजिकै राखिएको होर्डिङ बेलुका ४ः३० बजे एक्कासी आएको भीषण हावाहुरीले खसेको हो । उक्त बोर्ड ७० मिटर लम्बाई तथा ५० मिटर अग्लो थियो। 

    अधिकारीहरुका अनुसार पानी र हावाहुरीका कारण रोकिएका मानिसको समूहका बीच  होर्डिङ बोर्ड खसेको थियो । घाइतेलाई राजावाडी अस्पतालमा भर्ना गरिएको छ ।

    महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाका लागि जिम्मेवार व्यक्तिमाथि कर्तव्य ज्यान मुद्दा चलाइने बताए । उनले मृतकका परिवारलाई तत्काल ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणासमेत गरेका छन् । हावाहुरीका कारण सडक, हवाई र रेलमार्गसमेत प्रभावित भएका छन् ।


    प्रतिक्रिया दिनुहोस