शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सन्दीपको मुद्दामा आज पनि सुनुवाइ हुँदै


    हुलाक प्रेस

    • बुधबार, जेठ २ २०८१०७:२९
    सन्दीपको मुद्दामा आज पनि सुनुवाइ हुँदै

    काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा आजलाई पेसी तोकेको छ । मंगलबार  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

    मुद्दा हेर्दाहेर्दैमा राखिएपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ । अब न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्नेछ ।

    गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस