बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विदेश पढ्न जाने विद्यार्थीमार्फत ९ महिनामा बाहिरियो १ खर्ब 


    हुलाक प्रेस

    • बुधबार, जेठ २ २०८११२:२१
    विदेश पढ्न जाने विद्यार्थीमार्फत ९ महिनामा बाहिरियो १ खर्ब 

    काठमाडौं । विदेश पढ्न जानेहरुमार्फत ९ महिनामा करिब १ खर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको हो ।

    गत वर्षको तुलनामा यो रकम २८ अर्ब ६६ करोड रुपैयाँ बढी हो । गत वर्षको सोही अवधिमा विदेश पढ्न जानेमार्फत ६७ अर्ब १९ करोेड रुपैयाँ बाहिरिएको थियो ।

    समीक्षा अवधिमा खुद सेवा आय ५२ अर्ब २३ करोड रुपैयाँले घाटामा छ । गत वर्षको सोही अवधिमा खुद सेवा आय ६३ अर्ब ९१ करोड रुपैयाँले घाटामा थियो ।

    सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४० प्रतिशतले वृद्धि भई ६० अर्ब ४५ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय ४३ अर्ब १७ करोड थियो ।

    समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४२.५ प्रतिशतले वृद्धि भई १४३ अर्ब २२ करोड पुगेको छ । गत वर्ष भ्रमण व्यय १०० अर्ब ५४ करोड रुपैयाँ थियो ।


    प्रतिक्रिया दिनुहोस