शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो


    हुलाक प्रेस

    • बुधबार, जेठ २ २०८१०९:०१
    पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ ।  

    निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटरमा ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ५ रुपैयाँले घटाएको हो ।  

    निगमले बुधबार जारी गरेको एक विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्यमा समायोजन गरिएको र समायोजित मूल्यसूची बुधबार(आजै) राति १२ बजेदेखि लागू हुनेछ । 

    मूल्य समायोजनपछि अब पेट्रोलको अधिकतम मूल्य प्रतिलिटर १७८ बाट घटेर १७१ रुपैयाँ कायम भएको छ । काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रका ग्राहकले पेट्रोललाई प्रतिलिटर १७१ तिर्नुपर्नेछ ।  

    यस्तै, यही क्षेत्रका ग्राहकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ तिर्दै आएकोमा घटेर १५४ रुपैयाँ कायम भएको छ ।

    petrol.jpg

     


    प्रतिक्रिया दिनुहोस