शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • एक महिनामा पाथिभरामा ६९ लाख बढी भेटी संकलन


    हुलाक प्रेस

    • बिहीबार , जेठ ३ २०८१०९:१३
    एक महिनामा पाथिभरामा ६९ लाख  बढी भेटी संकलन

    ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी संकलन भएको छ । वैशाखमा संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो । 

    समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले  संकलित भेटी बैंक दाखिला गरिएको बताए । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ । 

    गत महिना ५१ हजार ८०४ जनाले देवीको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार २७२ जना पाथीभरा आएका समितिले जनाएको छ । रासस 


    प्रतिक्रिया दिनुहोस