शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • संसदमा कांगेस र एमाले सांसदबीच धकेलाधकेल


    हुलाक प्रेस

    • बिहीबार , जेठ ३ २०८१०६:५८
    संसदमा कांगेस र एमाले सांसदबीच धकेलाधकेल

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच मुठभेडको अवस्था सिर्जना भएको छ ।

    बिहीबार नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूले वेल घेरेर नाराबाजी गरिरहेको समयमा सभामुखले बैठक सञ्चालन गरेपछि प्रतिपक्ष उत्तेजित बनेको थियो । त्यसक्रममै सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएका थिए ।

    प्रतिपक्षले छेकेर नाराबाजी गरिरहेकै बेला सत्तापक्षका सांसदहरू पनि उठेर नाराबाजीमा उत्रिएका थिए ।

    दुवैतर्फको नाराबाजीका बीच एमाले अध्यक्ष केपी ओली पनि उभिएर प्रतिवादमा उत्रिएपछि एमाले र कांग्रेसका सांसदहरूबीच धकेलाधकेल भएको थियो । लगत्तै सभामुखले बैठक स्थगित गरे ।


    प्रतिक्रिया दिनुहोस