काठमाडौं । आज संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र कांग्रेसका सांसदबीच धकेलाधकेल भयाे । संसद बैठक शुरु हुने वित्तिकै कांग्रेसले नाराबाजी गर्दै सदन अबरोध गर्यो ।
विहिबारको बैठक सभामुखका कारण जटिल स्थिति सिर्जना भएको आरोप समेत लगाएको छ । संसदमा धनराज गुरुङ र केपी ओलीबीच नोकझोक समेत भएको देखिन्थ्यो । सो विषयमा हुलाक प्रससँग कांग्रेस सांसद धनराज गुरुङले आफूहरुले जबरजस्ती संसद चलाउन पाइदैन भनेर नारा लगाउँदा एमाले अध्यक्ष केपी ओलीले उभिएर विरोध गर्न पाइदैन यहाँबाट हट्नुस् भनेपछि आफूले चर्को स्वरमा नारा मात्रै लगाएको बताए । 'मैले ओली जीसँग कुनै प्रतिवाद गरेको छैन, उनले भने, उहाँले उर्दी जारी गर्न खोजे पछि मैले एकोहोरो नारा मात्र लगाएको हुँ ।'
ओलीले आफ्नो अधिकार कुण्ठित गर्न नपाउने उनको भनाइ छ । “तपाईं उता जानुस्, विरोध गर्न पाइन्नँ भनेर उहाँलाई भन्ने अधिकार छैन । म बीचमा उभिएर नारा लगाउँदै थिएँ । उहाँले मेरो अधिकार कुण्ठित गर्न पाउनुहुन्न,” उनले भने ।