शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल प्रहरीका ४ एसएसपी डिआइजीमा सिफारिस


    हुलाक प्रेस

    • शनिबार, जेठ ५ २०८१०८:४६
    नेपाल प्रहरीका ४ एसएसपी डिआइजीमा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) का लागि बढुवा सिफारिस भएका छन्।

    शुक्रबार बेलुका बसेको बढुवा समितिको बैठकले चार जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेकाे हाे।

    सिफारिस हुनेहरूमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारी रहेका छन्।

    सूचीकाे पहिलाे नम्बरमा रहेका पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् छन् भने कार्की कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा कार्यालयमा छन्। यस्तैगरी, केसी र अधिकारी प्रहरी प्रधान कार्यालयमा कार्यरत छन्।

    list.png

     


    प्रतिक्रिया दिनुहोस