शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • प्रहरी जवान घिमिरेको हत्या आशंकामा पाँच जना पक्राउ


    हुलाक प्रेस

    • आइतबार, जेठ ६ २०८१०८:१८
    प्रहरी जवान घिमिरेको हत्या आशंकामा पाँच जना पक्राउ

    काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो । ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा मनमैजुमा घिमिरेको हत्या भएको थियो ।

    पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।


    प्रतिक्रिया दिनुहोस