शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • आगलागी र डढेलोः बैशाखमा मात्रै २७ जनाले ज्यान गुमाए


    हुलाक प्रेस

    • आइतबार, जेठ ६ २०८१०८:२९
    आगलागी र डढेलोः बैशाखमा मात्रै  २७ जनाले ज्यान गुमाए

    काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

    उक्त अवधिमा आगलागीका घटनामा परी २१ जना र वन डढेलोका घटनामा परी ६ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार वैशाख महिनामा मात्र आगलागीका घटनाले ५० करोड ६७ लाख ६८ हजार ५९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । वन डढेलोको घटनाले ६ करोड ३० लाख ४२ हजार ४०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ 


    प्रतिक्रिया दिनुहोस