बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अन्तराष्ट्रिय बजारमा सुनको मूल्य एकै दिन ३५ डलरले बृद्धि, कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • आइतबार, जेठ ६ २०८१०९:०४
    अन्तराष्ट्रिय बजारमा सुनको मूल्य एकै दिन ३५ डलरले बृद्धि, कति पुग्यो भाउ ?

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १.५० प्रतिशत अर्थात प्रतिऔंस ३५.६९ डलरले बढेको छ ।  

    यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४१३.९३ डलरमा कारोबार भईरहेको छ ।  

    आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य ५.८९ प्रतिशत अर्थात प्रतिऔंस १.७५ डलरले बढेको छ । चाँदीको मूल्य प्रतिऔंस ३१.४३ डलरमा कारोबार भईरहेको छ ।  

    नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३८ हजार ६५० सय रुपैयाँमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस