बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अशोक राईको दललाई फ्लोर क्रसबाट रोक्न उपेन्द्र यादव सर्वोच्चमा


    हुलाक प्रेस

    • आइतबार, जेठ ६ २०८१०९:२५
    अशोक राईको दललाई फ्लोर क्रसबाट रोक्न उपेन्द्र यादव सर्वोच्चमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिन लागेको विश्वासको मत लिने प्रक्रियामा अशोक राई नेतृत्वको समूहलाई सहभागी हुनबाट रोक्न माग गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन् ।

    आफ्नो दल विभाजनसम्बन्धी विवादमा सर्वोच्चले यसअघि नै सबै प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश दिइसकेकाले अशोक राई नेतृत्वको समूहका सांसदले संसदमा हुने मतदानमा सहभागी हुन नपाउने तर्क यादवले गरेका छन् ।

    आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले विश्वासको मत नदिने नीति रहेको र राई नेतृत्वको समूहले फ्लोर क्रस गरी विश्वासको मत दिन लागेको जनाउँदै उनले त्यसमा हस्तक्षेप गर्न सर्वोच्चसमक्ष माग गरेका छन् । 

    रिट सर्वोच्च प्रशासनले दर्ता गरिसकेको अध्यक्ष यादवले नेपालखबरलाई जानकारी दिए । रिटको पेसी भोलि सोमबार नै तोकिएको छ ।

    यसअघि यादव अशोक राई नेतृत्वको समूहलाई निर्वाचन आयोगले दिएको मान्यताले वैधानिकता नपाउने भन्दै सर्वोच्चमा रिट दायर गर्न पुगेका थिए ।


    प्रतिक्रिया दिनुहोस