बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एनसेलले अनुमति पत्रको तेस्रो नवीकरण वापतको २० अर्ब रुपैयाँ दस्तुर तिर्नुपर्ने


    हुलाक प्रेस

    • आइतबार, जेठ ६ २०८११०:३३
    एनसेलले अनुमति पत्रको तेस्रो नवीकरण वापतको २० अर्ब रुपैयाँ दस्तुर तिर्नुपर्ने

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको मोबाइल अपरेटर एनसेल आजियाटा लिमिटेडलाई अनुमतिपत्र (लाइसेन्स)को तेस्रो नवीकरण बापतको २० अर्ब रुपैयाँ दस्तुर चुक्ता गर्न पत्र पठाएको छ । यदि नवीकरण गर्नुपर्ने अवधि गुज्रेको एक दिन पछि मात्रै रकम भुक्तानी गरिएमा १५ प्रतिशत अर्थात थप ३ अर्ब रुपैयाँ जरिवाना लाग्नेछ।

    शुक्रबार मात्रै एनसेललाई नवीकरण बापतकाे शुल्क बुझाउन पत्राचार गरिएको स्रोतले बतायो । आगामी भदौ १५ गते एनसेलको दोस्रो लाइसेन्सको अवधि समाप्त हुँदैछ। 

    दूरसञ्चार ऐन २०५३ अनुसार अवधि समाप्त हुनु भन्दा अघि लाइसेन्स नवीकरणका लागि आवेदन पेश गर्नुपर्छ । दूरसञ्चार नियमावली २०५४ अनुसार भने लाइसेन्स नवीकरणका लागि कबूल गरेको नवीकरण दस्तुर र निवेदन तीन महिनाभित्र प्राधिकरण समक्ष पेश गर्नुपर्ने कानूनी प्रावधान छ । सोहीअनुसार अब एनसेलले यहि जेठ १५ गतेभित्रमा आफ्नो नवीकरणको दस्तुर र निवेदन पेश गर्नुपर्ने हुन्छ।


    प्रतिक्रिया दिनुहोस