बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इरानी राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटना


    हुलाक प्रेस

    • आइतबार, जेठ ६ २०८११०:४४
    इरानी राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटना

    काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । इरान न्युज  एजेन्सीका अनुसार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर दुर्घटनामा परेको हो । 

    इरानी समाचार संस्थाका अनुसार राष्ट्रपति रइसी पूर्वी अजरबैजान प्रान्तमा एक बाँध उद्घाटनपछि तबरेज सहरतर्फ प्रस्थान गर्दै थिए । इरानी गृहमन्त्री अहमद वाहिदीका अनुसार उद्धारका लागि हेलिकप्टरसहितको टोली पठाइसकिएको छ । बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएको समेत इरानी समाचार संस्थाले जनाएको छ । राष्ट्रपति रइसी सवारसहित ३ हेलिकप्टर सँगै भए पनि २ वटा हेलिकप्टर भने सकुशल अवतरण भएको समाचारमा उल्लेख छ ।

    स्थानीय सञ्चारमाध्यमहरूले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्सल्यान्डिङ गरेको समेत जनाएका छन् । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । राष्ट्रपति रइसीको अवस्थाबारे पनि अहिलेसम्म स्पष्ट रूपमा केही जानकारी आएको छैन । रइसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए ।


    प्रतिक्रिया दिनुहोस