शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • दमौलीको मुख्य चोकका २० सटरमा आगलागी, लाखौंको क्षति


    हुलाक प्रेस

    • सोमबार, जेठ ७ २०८१०७:४६
    दमौलीको मुख्य चोकका २० सटरमा आगलागी, लाखौंको क्षति

    दमौली । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्य चोकका सटरमा गएराति भीषण आगलागी भएको छ ।

    व्यास नगरपालिका- ३ मुख्य चोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरू भएको थियो ।

    आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरूपमा जलेका छन् । आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

    तनहुँ जलविद्युत् आयोजना, मुग्लिन-पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए ।

    आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो। नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन-पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो ।

    विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो। यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।

    -रासस 

     


    प्रतिक्रिया दिनुहोस