बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इरानका राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना अपडेट : रसियाले उद्धार दल पठाउँदै


    हुलाक प्रेस

    • सोमबार, जेठ ७ २०८१०८:२०
    इरानका राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना अपडेट : रसियाले उद्धार दल पठाउँदै

    तेहरान । इरानका राष्ट्रपति इब्राहिम रहिसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिन चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । अवस्था अझै अज्ञात रहेको बेलामा रसियाले उद्धार दल पठाउन लागेको त्यहाँका मिडियाले जनाएका छन् ।

    आरआईए नोभोस्टीका अनुसार टोलीमा ४७ जना विशेषज्ञ, अल टेरेन भेइकल र हेलिकोप्टर रहेको जनाइएको छ ।

    समाचारमा जनाइएअनुसार सरसामान लोड गरिसकेको र इरानी सहर तब्रिजतर्फ उडेको जनाइएको छ । हेलिकोप्टर र उद्धारकर्ता हाई अल्टिच्युडको सबैभन्दा कठिन कार्यको लागि तयार रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । बीबीसी 


    प्रतिक्रिया दिनुहोस