बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गगनको बचाउ गर्दै रामकुमारीले दिइन् रवि लामिछानेलाई चुनौती


    हुलाक प्रेस

    • सोमबार, जेठ ७ २०८१०९:५५
    गगनको बचाउ गर्दै रामकुमारीले दिइन् रवि लामिछानेलाई चुनौती

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको बचाउमा उत्रिएकी छन् । 

    आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले थापामाथि विभिन्न आक्षेप लगाएपछि झाँक्री बचाउमा उत्रिएकी हुन् । 

    ‘गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयम् आरोप लगाउने (रवि लामिछाने)ले पूरा गर्नुपर्छ, हेक्का रहोस्,’ सोमबार सामाजिक सञ्जालमा लेखेकी छन् । कांग्रेस महामन्त्री थापा आन्दोलनकाे नेता भएको भन्दै झाँक्रीले युवाहरूको राजनीतिक आइकनका रूपमा चित्रित गरेकी छन् ।

    ‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो’, उनले भनेकी छन् । 

    सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति समेत रहेका लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले लामो समयदेखि संसदमा आवाज उठाइरहेको छ । महामन्त्री थापा आफूविरुद्ध आक्रामक बनेपछि लामिछानेले आइतबार तल्लो स्तरमा उत्रिएर अभिव्यक्त दिएका थिए ।


    प्रतिक्रिया दिनुहोस