बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • १० महिनामा पौने ३ खर्बको पेट्रोलियम पदार्थ आयात


    हुलाक प्रेस

    • मंगलबार, जेठ ८ २०८१०७:५७
    १० महिनामा पौने ३ खर्बको पेट्रोलियम पदार्थ आयात

    काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ ।

    चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २ खर्ब ७६ अर्ब ७ करोड ८५ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभागले उल्लेख गरेको छ ।

    यस्तै अत्याधिक आयात हुने वस्तुमा आइरन तथा स्टिल पनि छन् । यस वर्षको समीक्षा अवधिमा १ खर्ब ५ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ बराबरको आइरन तथा स्टिल आयात भएको देखिएको छ ।

    यस्तै तेश्रो स्थानमा बोइलर्स मेसिनरी र तिनका पार्टपूर्जाको आयात भएको भन्सार विभागको तथ्यांक छ । यस अवधिमा ८७ अर्ब १ करोड ३४ लाख रुपैयाँ बराबरको बोइलर्स मेसिनरी र पार्टपूर्जा आयात भएको छ ।

    यससँगै ८४ अर्ब ४१ करोड २५ लाख रुपैयाँ बराबरको विद्युतीय मेसिनरी तथा उपकरण पनि आयात भएको छ । यसपछि सोही अवधिमा ६७ अर्ब २ करोड ५० लाख रुपैयाँ बराबरको सवारी साधन तथा तिनका पार्टपूर्जा आयात भएको उल्लेख छ ।


    प्रतिक्रिया दिनुहोस