बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • १० महिनामा वैदेशिक व्यापार २.५ प्रतिशतले घट्यो


    हुलाक प्रेस

    • मंगलबार, जेठ ८ २०८१०८:३१
    १० महिनामा वैदेशिक व्यापार  २.५ प्रतिशतले  घट्यो

    काठमाडौं । वैदेशिक व्यापार झन् खुम्चिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि वैशाखसम्मको १० महिनामा वैदेशिक व्यापार २.५ प्रतिशतले घटेको हो ।

    चालु आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँको वैदेशिक व्यापार भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

    गत वर्षको १० महिनामा १३ खर्ब ३५ अर्बको आयात तथा १ खर्ब ३० अर्बको निर्यात भएको थियो । चालु आवको सोही अवधिमा १३ खर्ब ३ अर्बको आयात तथा १ अर्ब २६ अर्बको निर्यात भएको छ ।

    समीक्षा अवधिमा आयात व्यापार २.३९ प्रतिशत र निर्यात व्यापार ३.६१ प्रतिशतले घटेको छ । कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९१.१७ प्रतिशत छ भने निर्यात हिस्सा ८.८३ प्रतिशत छ । वैदेशिक व्यापारमा आयात हिस्सा बढ्दै जाँदा निर्यात हिस्सा भने घट्दै गएको छ ।

     


    प्रतिक्रिया दिनुहोस