बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा आजबाट सुनुवाइ


    हुलाक प्रेस

    • बुधबार, जेठ ९ २०८१०९:३४
    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा आजबाट सुनुवाइ

    काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध दायर भएको रिटमा आजबाट सुनुवाइ हुँदै छ। निर्वतमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि पेशी तोकिएको हो ।  वैशाख २७ गते कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।

    यसअघि सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।   प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २५ गतेसम्म विश्वासको मत नदिएको भन्दै कार्कीको स्थानमा एमालेका  कार्की मुख्यमन्त्री बनेका थिए । 

    संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर सत्ता गठबन्धनमा आएको परिर्वतनसँगै एमालेले उनलाई समर्थन नदिने निर्णय गरेको थियो । 

    २७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पमतमा परेका थिए ।  प्रदेश सभाले विश्वासको मत लिनुपर्ने भन्दै सङ्कल्प प्रस्ताव पास गरेको थियो । तर कार्कीले त्यसलाई अटेर गरेर मुख्यमन्त्रीको पदमा बसेको भन्दै प्रदेश प्रमुख खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ बैशाखमा नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

    २७ वैशाखमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री बनेका थिए । ३१ वैशाखमा विश्वासको मत लिएका कार्कीले सरकार पनि विस्तार गरिसकेका छन् ।

    हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा आज हुने दोहोरो सुनुवाइले कोशी प्रदेश सरकारको भविष्य निर्धारण गर्ने छ।


    प्रतिक्रिया दिनुहोस