शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला


    हुलाक प्रेस

    • बुधबार, जेठ ९ २०८१०१:३८
    काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला

    धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान श्रीमती मृत फेला परेका छन् । 

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकाइमाया तामाङ आफ्नै घरमा मङ्गलबार मृत फेला परेका हुन् । 

    मानबहादुर घरको पसलमा तथा केकाइमाया भान्छा कोठामा मृत फेला परेका उनले बताए । 

    घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पठाइएको र अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । रासस


    प्रतिक्रिया दिनुहोस