बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • इरानलाई अमेरिकाको चेतावनी– आक्रमण गर्ने गल्ती नगर्नू


    हुलाक प्रेस

    • बुधबार, कात्तिक ८ २०८००३:०६
    इरानलाई अमेरिकाको चेतावनी– आक्रमण गर्ने गल्ती नगर्नू

    एजेन्सी । इजरायल–हमास संघर्ष मध्यपूर्वका अन्य क्षेत्रमा पनि फैलिने आशंकाका बीच अमेरिकी विदेश मन्त्री एन्टोनि ब्लिन्कनले इरानलाई चेतावनी दिएका छन्। 

    संयुक्त राष्ट्र सुरक्षा परिषद्‌मा बोल्दै ब्लिन्कनले यदि अमेरिकामाथि इरानको प्रोक्सी (समर्थक चरमपन्थी समूह)ले कुनै पनि आक्रमण गरे अमेरिका पनि जवाफी आक्रमणमा उत्रिने चेतावनी दिएका हुन्। उनले भने, ‘अमेरिका इरानसँग संघर्ष चाहँदैन। हामी चाहँदैनौं कि युद्ध अन्य क्षेत्रमा पनि फैलियोस्।’

    यसअघि अमेरिकी सेनाले इराक र सिरियामा उसको सैन्य इलामा पछिल्लो सातादेखि एक दर्जन बढी ड्रोन आक्रमण भयो जसमा २० भन्दा बढी सैनिक सामान्य घाइते भएको बताएको थियो। 

    ब्लिन्कनले भने, ‘यदि इरान या उसको प्रोक्सी अमेरिकी सैनिकमाथि कुनै पनि ठाउँमा आक्रमण गर्छन् भने यस्तो गल्ती इरानले नगरोस्। हामी आफ्ना नागरिकको रक्षा गर्नेछौं। हामी आफ्नो सुरक्षा गर्नका लागि तीव्र कदम उठाउनेछौं।’


    प्रतिक्रिया दिनुहोस