शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • तीन महिनामा ३७ विदेशी नेपालबाट निष्कासन


    हुलाक प्रेस

    • बुधबार, जेठ ९ २०८१०४:४६
    तीन महिनामा ३७ विदेशी नेपालबाट निष्कासन

    काठमाडौं । सरकारले तीन महिनामा ३७ विदेशीलाई नेपालबाट निष्कासन गरेको छ । गैरकानुनी काम गरेका कारण उनीहरूलाई गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले निष्कासन गरेको हो । 

    विभागका अनुसार २०८० माघदेखि चैतसम्मको अवधिमा उनीहरूलाई निष्कासन गरिएको थियो । निष्कासन हुनेमा सबैभन्दा ठूलो संख्या चिनियाँ नागरिकको रहेको छ । उक्त अवधिमा १४ जना चिनियाँलाई निष्कासन गरिएको विभागले जनाएको छ । 

    निष्कासनमा पर्नेमा चिनियाँपछि ठूलो संख्या अमेरिकी, इरानी र बेलायतीको रहेको छ । विभागले तीन महिनाको अवधिमा पाँचजना अमेरिकी, चारजना इरानी र तीनजना बेलायतीलाई निष्कासन गरेको छ ।

    यस्तै, सोही अवधिमा बंगलादेशका दुई र नेदरल्यान्ड्स, पाकिस्तान, उज्वेकिस्तान, अष्ट्रिेलिया, क्यानडा, टर्की, बहराइन, चेक रिपब्लिक र फ्रास्सका एक–एक जना नागरिक निष्कासनमा परेका छन् । निष्कासनमा पर्ने अधिकांश ओभर स्टे (भिसाको समय सकिएपछि पनि बस्ने) गर्नेहरू छन् । 


    प्रतिक्रिया दिनुहोस