काठमाडौं । कोसी प्रदेश सरकार गठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अर्को पेसी जेठ १६ गतेलाई तोकेको छ ।
बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासले केदार कार्की मुख्यमन्त्रीमा नियुक्त हुँदाको र ८६ जना सांसदबाट विश्वासको मत पाएको सक्कल फाइल झिकाएर जेठ १६ गतेलाई पेसी तोक्न आदेश दिएको हो ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका गत वर्ष असोज २५ गते ४७ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुँदाको र कार्तिक १ गते ८६ जना सांसदले विश्वासको मत दिएकोसम्बन्धी सक्कल फाइल झिकाउन आदेश भएको हो ।