शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सिरोहियाको गिरफ्तारीको विरोधमा प्रध्यापकहरु


    हुलाक प्रेस

    • बुधबार, जेठ ९ २०८१०५:५१
    सिरोहियाको गिरफ्तारीको विरोधमा प्रध्यापकहरु

    काठमाडौं । प्राध्यापकहरुको समूहले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीको विरोध गरेका छन् ।

    नौजना प्राध्यापकले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी ‘सिरोहियालाई प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरिएको घटनाप्रति बौद्धिक समूदायको गम्भीर ध्यानाकर्षण भएको’ जनाएका छन् ।

    नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष कपिल श्रेष्ठलगायत प्राध्यापकहरूले निकालेको संयुक्त विज्ञप्तिमा सिरोहियाको गिरफ्तारीलाई प्रेस स्वतन्त्रता, मानव अधिकार, कानुनी राज्य र लोकतन्त्रको उपहास भनिएको छ ।

    ‘हाल संसदमा सहकारी ठगी प्रकरणमा आरोपित गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे भइरहेको कार्यलाई ढाकछोप तथा विषयान्तर गर्नको लागि प्रेस स्वतन्त्रतामाथि हमला गरिएको यस घट्नाप्रति हाम्रो गम्भीर आपत्ति छ’ विज्ञप्तिमा भनिएको छ ।

    prof.png

     


    प्रतिक्रिया दिनुहोस