बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन


    हुलाक प्रेस

    • बुधबार, कात्तिक ८ २०८००३:०८
    दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन

    काठमाडौं । गएको असोज २७ गते सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाश सेढाईंको निधन भएको छ।

    उपचारको क्रममा उनको भारतको मुम्बइस्थित नेसनल बर्न सेन्टरमा मंगलबार उनको निधन भएको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले जानकारी दिए। 

    मनाङ एयरले क्याप्टेन सेढाईंकोको निधनले एक कुशल पाइलट तथा सक्षम व्यवस्थापक गुमाएको भन्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। 

    Bigepti manang air.jpg


    प्रतिक्रिया दिनुहोस