शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • आज यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना


    हुलाक प्रेस

    • बिहीबार , जेठ १० २०८१०७:४१
    आज यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं । स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज देशका केही स्थानमा वर्षाको सम्भावना छ ।           

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस