बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • टीओआरबारे छलफल गर्न समितिको बैठक बस्दै


    हुलाक प्रेस

    • बिहीबार , जेठ १० २०८१०७:५१
    टीओआरबारे  छलफल गर्न समितिको बैठक बस्दै

    काठमाडौं । सहकारीको रकम अपचलनबारे गठन हुने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न आज बैठक बस्दै छ । कार्यादेश टुंगो लगाउन गठित समितिका सदस्य जीवन परियारका अनुसार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठकमा सहमतिको विन्दुमा पुग्ने प्रस्ताव लिएर आउन सत्तापक्षलाई आग्रह गरेको छ ।

    सत्तापक्षले गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय समिति गठन हुन नसक्ने बताउँदै आएको छ । कांग्रेस लामिछानेको नामै तोकेर छानबिन हुनुपर्ने बताउँदै आएको छ । दुवै पक्षको अडानका कारण पछिल्लो समय निरन्तर संसद् अवरुद्ध हुँदै आएको छ । 


    प्रतिक्रिया दिनुहोस