शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौं महानगरको नजर खानेपानीको कुच्चिएको जारमा


    हुलाक प्रेस

    • बिहीबार , जेठ १० २०८१०८:१८
    काठमाडौं महानगरको नजर खानेपानीको कुच्चिएको जारमा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न पसलहरूमा पिउने प्रयोजन र बिक्रीका लागि राखिएका जार तथा बोतलहरू कुच्चिएका, टुटे फुटेका, लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका साथै राम्रोसँग सिल समेत नगरिएको भन्ने जनगुनासो आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

    आज एक सूचना प्रकाशित गर्दै महानगरले  आम नागरिक (उपभोक्ता)को स्वास्थ्यमा खेलबाड हुनसक्ने क्रियाकलापको नियन्त्रणका लागि प्रशोधित पानीको उद्योगी तथा व्यवसायीहरू एवं काठमाडौँ महानगरपालिकाको सहकार्य हुन आवश्यक देखिएको उल्लेख गरेको छ । 

    प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ मा तोकिएको मापदण्ड पूरा गरेर मात्र पानी ढुबानी तथा बिक्री वितरणको प्रबन्ध मिलाउन पनि महानगरले अनुरोध गरेको छ । मापदण्डले तोके बमोजिम भए नभएको निरीक्षणलाई पनि महानगरपालिकाले तीव्रता दिइने बताएको छ । 


    प्रतिक्रिया दिनुहोस