बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बेलायती प्रधानमन्त्रीको घोषणा- जुलाई ४ मा आमनिर्वाचन


    हुलाक प्रेस

    • बिहीबार , जेठ १० २०८११०:५१
    बेलायती प्रधानमन्त्रीको घोषणा- जुलाई ४ मा आमनिर्वाचन

    काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मुलुकमा जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन् ।

    उनले भने, ‘दोस्रो विश्वयुद्धपछिको पाँच वर्ष देशका लागि सबैभन्दा चुनौतीपूर्ण रह्यो । आगामी दिनहरूमा म तपाईंका हरेक मतका लागि संघर्ष गर्नेछु । हामीसँग स्पष्ट योजना छ ।’

    बीबीसीका अनुसार घोषणा हुनुअघि बेलायती क्याबिनेटका मन्त्रीहरू एकपछि अर्को गर्दै प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेको देखिएको थियो । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका एक स्रोतले पार्टीका केही सांसदले ऋषि सुनकविरुद्ध अविश्वासको मत मागिरहेको दाबी गरेका छन् ।

    एक सांसदले पार्टीको अहिलेको वातावरणलाई ‘आतंक’को अवस्था भनेका छन् ।


    प्रतिक्रिया दिनुहोस