बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • इजरायली आक्रमणमा आठ सिरियाली सैनिक मारिए : सरकारी मिडिया


    हुलाक प्रेस

    • बुधबार, कात्तिक ८ २०८००३:२३
    इजरायली आक्रमणमा आठ सिरियाली सैनिक मारिए : सरकारी मिडिया

    दमास्कस । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा आठ सिरियाली सैनिक मारिएका छन् । यस आक्रमणमा सात सैनिक घाइते भएका छन् । 

    सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी प्रान्त दारामा रहेको सैन्य शिविरमा यो हमला गरिएको हो । स्थानीय समय अनुसार बुधबार बिहान १ः४५ मा यो हमला गरिएको प्रतिवेदनमा उल्लेख छ । 

     इजरायली सेनाले आक्रमणको पुष्टि गरेको छ। इजरायलको सेनाले आफ्ना लडाकु विमानहरूले सैन्य संरचनालाई निशाना बनाएको बताएको छ। सेनाका अनुसार सीमामा रकेट प्रहार भएपछि यो कारबाही गरिएको हो ।


    प्रतिक्रिया दिनुहोस