बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेसलाई ओलीले भने– रविविरुद्ध खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानुसरह हो


    हुलाक प्रेस

    • बिहीबार , जेठ १० २०८१०६:५३
    कांग्रेसलाई ओलीले भने– रविविरुद्ध खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानुसरह हो

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन् । 

    बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताए ।

    उनले नेपाली कांग्रेस एउटा पात्रका विरुद्ध खनिएको बताउँदै आपत्ति पनि जनाए । ओलीले कांग्रेसजस्तो पार्टी रवि लामिछानेको विरुद्धमा खनिनु भनेको 'भँगेरा मार्न तोप बोकेर जानुसरह' भएको टिप्पणी गरे ।

    कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रस्ताव गर्ने र प्रस्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने काम गरेको ओलीको आरोप छ ।

    "रातिसम्म प्रधानमन्त्रीका लागि ठिक, म यता लाग्न सक्दिनँ भनेपछि त्यसो भए तँ सहकारीको ठग । अलि मिलेन । एउटा व्यक्तिको नाम लिएर संसद्‌मा सहकारीको ठग कहाँ प्रमाणित भयो ? भ्रष्टाचारी ठहर भएको मान्छे संसद्‌मा उभिएर सहकारी ठग भनिरहेको छ । संसद्‌मा मुर्दावादको नारा लगाइँदैन । त्यसलाई राम्रो मानिँदैन । अप्रमाणित कुरा संसद्‌मा बोलिँदैन," ओलीले भने ।


    प्रतिक्रिया दिनुहोस