काठमाडौँ । सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको को मृत्यु भएको छ।
पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो। बुधबार रातिे सगरमाथा चुचुरो नजिकै ९८,८३० मिटर० उहाँ मृता वस्थामा भेटिनुभएको थियो। मे १८ तारिखका दिन नेपाली गाईड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आधारशिविरबाट दोस्रँे शिविरतर्फ गएका थिए।
उनी २० मे का दिन तेस्रो शिविर पुग्नुभएको थियो। २१ मेका दिन चौथो शिविर पुगेका उनीहरु २२ मे (बुधबार) बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए। आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरे/नगरेको यकिन नभएको समेत विभागले जनाएको छ।
बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन पथप्रदर्शक परिचालन गरी क्याम्प २ माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो।
सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको थियो। सहयोगी शेर्पाको अवस्था समेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले विज्ञप्तिमा उल्लेख छ।