शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ११ २०८१०७:०५
    सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ ।

    न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

    यसअघि प्रहरीले थप पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले समय माग गरेको थियो ।

    सिरोहियाको नागरिकता विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता इन्द्रजित महतोले प्रहरीमा जाहेरी दिएका थिए । 

    गृहमन्त्री रवि लामिछानेले प्रतिशोध राखेर सिरोहियालाई पक्राउ गराएको आरोप लागेको छ ।


    प्रतिक्रिया दिनुहोस