काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।
शुक्रबार राति स्वास्थ्यमा समस्या देखिएपछि सिरोहियालाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार सिरोहिया पक्राउ परेका थिए ।
३ दिनमा हिरासतमा राखेर अनुसन्धान नसकिएको बताउँदै सिरोहियालाई जिल्ला अदालत धनषाले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।