शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • हेटौँडामा बसको ठक्करबाट एकको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, जेठ १२ २०८१०९:४०
    हेटौँडामा बसको ठक्करबाट एकको मृत्यु

    मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको र मृतक पुरुषको शव हेटौँडा अस्पतालमा राखिएको छ ।

    उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #death
  • # #hetaudaaccident
  • प्रतिक्रिया दिनुहोस