शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भारतको गुजरात आगलागीमा मृत्यु हुनेको संख्या २७ पुग्यो


    हुलाक प्रेस

    • आइतबार, जेठ १३ २०८११०:०८
    भारतको गुजरात आगलागीमा मृत्यु हुनेको संख्या २७ पुग्यो

    गुजरात । भारतको गुजरातस्थित राजकोटको टीआरपी गेम जोनमा शनिबार भएको आगलागीबाट मृत्यु हुनेको संख्या २७ जना पुगेको छ ।

    सो सहरका प्रहरी कमिस्नर राजु भार्गवका अनुसार आगलागीमा परेर मृत्यु हुनेको संख्या २७ पुगेको हो । मृतकहरूमा बच्चा पनि रहेका छन् ।

    एक स्थानीय पत्रकारका अनुसार शवलाई राजकोटस्थित सिभिल अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । डीएनए परीक्षणपछि शवको पहिचान गर्न नमुना लिने काम भइरहेको छ ।

    राजकोटको मावारोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउन फायर ब्रिगेडका कयौं गाडी प्रयोग गरिएका थिए । आगलागी यति भीषण थियो कि पाँच किमीको दूरीसम्म धुवाँ उडेको देखिएको थियो ।

    गुजरात सरकारले घटनाको जाँचका लागि पाँच सदस्यीय कमिटी गठन गरेको जनाएको छ । सो कमिटीको अध्यक्षता सीआईडी प्रहरी महानिर्देशक सुवास त्रिवेदीलाई जिम्मेवारी दिइएको जनाइएको छ । बीबीसी
     


    प्रतिक्रिया दिनुहोस