शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • चीनसँग जोडिएका १४ व्यापारिक नाका ५ वर्षपछि सञ्चालनमा


    हुलाक प्रेस

    • आइतबार, जेठ १३ २०८११०:४७
    चीनसँग जोडिएका १४ व्यापारिक नाका ५ वर्षपछि सञ्चालनमा

    काठमाडौं । चीनसँग सीमाना जोडिएका १४ वटा व्यापारिक नाका ५ वर्षपछि पुनः सञ्चालनमा आएका छन् । विस २०७६ माघ ५ गतेदेखि कोरोना संक्रमणका कारण बन्द गरिएका १४ वटा व्यापारिक नाका शनिबारदेखि पुनःखुला गरिएको हो ।  

    शनिबार चीनको छेन्ताङमा आयोजित एक कार्यक्रमका बीच परराष्टमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाम निमाले संखुवासभाको किमाथांकासहित १४ वटा व्यापारिक नाका सञ्चालनमा आएको संयुक्त घोषणा गरेका हुन् ।  

    नाका खुला घोषण कार्यक्रममा सहभागी भएर फिर्ता हुने क्रममा परराष्टमन्त्री श्रेष्ठले तुम्लिङटार विमानस्थलमा चीनसँग सीमाना जोडिएका १४ वटा व्यापारिक नाका सञ्चालनमा आएको घोषणा भएको बताउँदै सीमा क्षेत्रका जनताको अन्तरक्रिया, व्यापार र सास्कृतिक क्षेत्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे । 

    श्रेष्ठका अनुसार शनिबारदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र संखुवासभाको किमाथांकाका सीमा जोडिएका नाका खुलेका छन् भने अन्य ७ वटा नाका केहि समयपछि खुला हुनेछन् ।  

    किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापार नाका पुनः सञ्चालनको उद्घाटन समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री श्रेष्ठको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव,भोटखोला गाउापालिकाका अध्यक्ष वाङछेदर भोटे, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।


    प्रतिक्रिया दिनुहोस