बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • संसदीय समितिमा एसिड आक्रमणपीडितहरूको क्षतिपूर्तिको विषयमा छलफल हुने


    हुलाक प्रेस

    • सोमबार, जेठ १४ २०८१०५:५३
    संसदीय समितिमा एसिड आक्रमणपीडितहरूको क्षतिपूर्तिको विषयमा छलफल हुने

    काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुइवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो । 

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ । बिहान साढे ११ बजे बस्ने बैठकमा छलफलको कार्यसूची विविध पनि रहेको छ । 

    महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा एसिड आक्रमणपीडितहरूको क्षतिपूर्ति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  


    प्रतिक्रिया दिनुहोस