बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • शरणार्थी शिविरमा इजरायलको हवाइ आक्रमणमा परेर ५० बढीको मृत्यु


    हुलाक प्रेस

    • सोमबार, जेठ १४ २०८१०८:१२
    शरणार्थी शिविरमा इजरायलको हवाइ आक्रमणमा परेर ५० बढीको मृत्यु

    काठमाडौं । इजरायलको आक्रमणमा परी गाजाको रफाह नजिकैको शरणार्थी शिविरमा ५० जनाको ज्यान गएको छ । कैयौं घाइते भएका छन् । 

    इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्ष्य गरी हवाइ हमला गरेको पुष्टि गरेको छ । अघिल्लो दिन हमासले रफाहबाट तेल अबिवतर्फ आठ रकेट प्रहार गरेको थियो, जुन जनवरीदेखि त्यस शहरमा पहिलो लामो दूरीको आक्रमण भएको बताइएको छ । 

    हमासले इजरायली हवाइ हमलाले विस्थापित प्यालेस्टिनीका लागि रफाहको उत्तर–पश्चिममा रहेको शिविरमा आक्रमण गरेको बताएको छ । ज्यान गुमाउने अधिकांश महिला र बालबालिका छन् । 

    संयुक्त राष्ट्रसंघका अनुसार हाल सम्म रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भएका छन् । अक्टोबर ७ यता भएको इजरायलको एक हजार २०० व्यक्तिको मृत्यु भएको छ भने २५२ जनालाई गाजामा बन्धक बनाएर फिर्ता गरेको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयताका युद्धमा करिब ३६ हजार प्यालेस्टिनी मारिएका छन् ।

     


    प्रतिक्रिया दिनुहोस